2011-11-22

Gajal/गजल

फुटेको घैटो ढुपौरो हुन्न ।

बाँदरको पुच्छ र लौरो हुन्न।।



सुकेपछी रुख बल्छ भन्दैमा ।

मरेको लास दाउरो हुन्न ।।



बरु स्वास्नी ल्याउ घरभरी राख ।

धर्मपुत्र कहिल्यै छोरो हुन्न ।।



बिहेपछी पत्त्नी सँग माइती जाउ ।

घर ज्वाँई बस्दैमा सबै कमारो हुन्न ।।



लौरो सँग कुकुरको पुच्छर बाधेर हेर ।

बार्ह बर्ष सम्म घुमाउरो हुन्न।।....

गजल का शिदान्तहरु/ गजल कसरी लेख्ने/ गजल लेख्ने तरिका

सुत्र भित्र रहेर प्रेम लाई प्रमुख बिषय बस्तु बनाइ समान वजन भएका तर स्वतन्त्र भाब बोकेका यूगल पङ्ती हरु को समुह लाई गजल भनिन्छ ।
गजल एउटा प्राबिधिक बिधा हो l किन कि यसमा सुत्र को परिधीमा रहेर रचना यसका केही प्राबिधिक शब्दहरु छन। जस्तै
शेर ,काफिया,रदिफ ,मतला ,मकता,तखल्लुस,बहर्,रुक्न,आर्कान्,मिसरा,मुसलसल गैर मुसलसल,
मुरद्द्फ्,गैर मुरद्द्फ इत्यादी ।



गजल युगल पङ्ती हरु ले बनेको हुन्छ जसलाई शेर  भनिन्छ ।शेर  मा भएका पङ्तिहरु लाई मिसरा भनिन्छ । शेर को पहिलो मिसरा लाई मिसरा य-उला र दोस्रो मिसरा लाई मिसरा-य-सानी भनिन्छ ।गजल को प्राण काफिया हो काफिया बिना को गजल को कल्पना सम्म पनि गर्न सकिदैन ।
काफिया मा समान स्वर मात्रा को प्रयोग हुन्छ।
स्वर मात्रा मा  असन्तुलन न भएको तथा आनुप्रास युक्त  शब्द शब्दाम्स लाई काफिया
भनिन्छ ।
काफिया भन्दा पछाडि प्रयोग हुने उही पद वा सब्दावली लाई रदिफ भनिन्छ  ।गजल मा रदिफ लाई अनिबार्य तत्व मनिदैन ।
रदिफ प्रयोग गरिएको गजल लाई मुरद्द्फ गजल भनिन्छ ।र प्रयोग न गरिएको लाईगैर मुरद्द्फ  गजल भनिन्छ ।

गजल को पहिलो शेर जसको दुबै मिसरामा काफिया र रदिफ प्रयोग गरिएको हुन्छ । यसलाई मतला भनिन्छ ।गजल कारका उपनाम वा छोटा नाम जुन शेर को भाबलाई बिखण्डन   नगर्ने गरी सामान्य तया मकता मा प्रयोग गर्ने गरिन्छ । त्यसैलाई नै तखल्लुस भनिन्छ । तखल्लुस लाई गजल मा अनिबार्य मानिदैन छन्द लाई नै अरबी भाषा मा बहर भनिन्छ । गण लाई रुक्न भनिन्छ । रुक्न हरु को मेल  लाई नै अकनी भनिन्छ । गजल का सबै शेर हरु एउटै बिषय बस्तु मा आधारित छ भने त्यस्तो गजल लाई मुसलसल गजल भनिन्छ । त्यस्तै बिबिध बिषय बस्तुमा  संरचित शेर हरु बात बनेको गजल लाई गैर मुसलसल गजल भनिन्छ ।

to be continue  

2011-11-21

Gajal/गजल

नजर जुदाई एक चुस्की लिए तिमी संग।
रितिएको प्याला भदैं पिए तिमी संग ॥

सुनसान,जुनेली रात,वाह !मन्द मुस्कान ।
मुहार हेदैँ टोलाउदै थिए तिमी संग ॥

छाडा मात मदिराको झनै मात जबानीको
खुल्ला आकाशको रात जिए तिमी संग॥

प्यास थियो अन्तरमुखी यात्री निर्जन एक जोडी
प्रित साटी मन मुटू पोखीदिए तिमी संग॥


BY RN LAMICHHANE

2011-11-20

यी आँखा को नानी बिच

यी आँखा को नानी बिच लुकाउकी जस्तो लाग्यो ।
सम्बन्ध यो गास्न साहस जुटाउकी जस्तो लाग्यो ।।

खाली छ यो दिल्,दिन्छौ कित तिम्रो धड्कन ।
मुटु भित्र खाली चित्त बुझाउकी जस्तो लाग्यो ।।

मादक छ तिम्रो प्यार झनै मादक बनौ लाग्यो ।
भरे हुन्छ एक प्यला लगाउकी जस्तो लाग्यो ।। 

यो सुन्दर बसन्त छ झनै सुन्दर तिम्रो मुहार ।
मुस्काउदा  झनै राम्री हसाउकी जस्तो लाग्यो ।। 

रिम झिम झरी पर्दा रुझे थियौ दुबैजना ।
खोल प्यारी 'कपडा' यी सुकाउकी जस्तो लाग्यो ।। 





By Rn lamichhane


2011-11-18

Gajal/गजल

तिमी देख्दा अनायासै सारा दु:ख भाग्छ किन ।
जिन्दगी यो सधैं सधैं बसन्त नै लाग्छ किन ।।
स्वप्निलतामा हराउदा निदरिमा तिमी देख्छु ।
तिमी पाउदा यो जीबनमा उत्कर्स नै जाग्छ किन ।।।

Gajal/गजल

सजिएर बस प्यारी डोलि लिई आउछु ।

कस्नलाई लगन गाँठो चोलि लिई आउछु ।।



प्रतिक्षामा कति बिते तडपिएर कयौँ रात ।

तिम्रो माया अटाउने झोलि लिई आँउछु ।।



रुझि बस्छौ कति तिमी बर्षातको पानी सँगै ।

मधुमासमै समुन्द्रको खोली लिई आउछु ।।



अघि अघि पञ्चै बाजा पछि पछि जन्ति अनि ।

जन्मघर छाडिलान टोलि लिई आउछु ।।



अग्निलाई साक्षी राख्दै सातौ जन्मसम्म पनि ।

''प्रयासका '' प्रित अट्ने बोलि लिई आउछु ।।

Rn lch...teku kathmandu nepal

2011-11-16

Gajal/गजल

बिरामी भई बिछ्यौनामा मर्दा रोए सानु l

मसानघाटको गाथबिच पर्दा रोए सानु ll



यतीरैछ मेरो प्रेम सांसारिक बाटो हिड्न l

बासको डोली कात्रो ओढी झर्दा रोए सानु ll



अघि पछि मलामी, तिम्रो हातमा धुप बुर्की l

ब्रम्ह नाल बाट चिता सार्दा रोए सानु ll



जन्मदापो काखमाथि मर्दा दाउराखात माथि l

मुखमा दियो दागबत्ती गर्दा रोए सानु ll



अग्नीरापले जलाउँदा धुवाँसँगै देह त्याग्दा l

तिम्रो प्यारा बैर्तणी तर्दा रोए सानु ll
by Raghunath lamichhane prayash
Kathmandu Nepal

2011-11-15

भुसको आगो सरी यौवन

भुसको आगो सरी यौवन सल्किएको देखें जेठान l

तिम्रो बैनी अर्कै सित पल्किएको देखें जेठान ll



गधाले के दु:ख गर्ला आफ्नो एकछिन फुर्सद छैन l

उसका मुखमा लाली मात्र टल्किएको देखें जेठान ll



आफ्नो एक दुई जोर छैन उसका बार्ह पन्ध्र थरी l

मिनिस्कट सितारामा झल्किएको देखें जेठान ll



बाच्न सारै कठिन भो र मर्छु भन्थी उसैसित l

एकान्तमा आँखा उनका छल्किएको देखें जेठान ll



दोहोरी नि उसै सित मारुनी झन् उसै सित l

झिसमिसेमै लठारिदै ढल्कीएको देखें जेठान ll

By saroj lamichhane"
Kathmandu Nepal

2011-11-14

Gajal/गजल

पुर्णिमाको टहटह जुनेली त्यो रात थियो।

तिमि थियौ र म थिए सुमधुर बात थियो ।।

अनिदो मै बिताएक प्रणयका रातहरु।

तिम्रा हात अगालोमा स्पर्शको साथ थियो ।।

थिएन प्यास केबल प्रित पिउं पिउं जस्तो लाग्यो ।

हिर्दयमा सजाउने केबल तिम्रो हात थियो । ।

अपराधी जस्तै मुटु थरथराउदै थिएं हजुर ।

प्रित पोख्ने शब्द छैन प्रेम पत्र खात थियो ।।

बियोगमा तिम्रो प्यारा सम्मोहनमा हामी दुई ।

यौबनको प्यास थियो अनी मिठो मात थियो।।
By R.N Lamichhane teku kathmandu



Gajal/गजल

उनी हाँस्दै थिईन उता मलाई पिडा हुँदै थियो ।
खुशी थियो उनको आत्मा यता मेरो रुदै थियो ।।

पागल स री हाँस्दै थिइन अंकमाल थियो उता ।
यता बज्रपात भयो तिरले मुटु छुदै थियो ।।


By Rn lamichhane

Gajal/गजल

पिउदा पिउदै प्रेम प्याला गजलको गित बने ।

लरखराउदै प्रभातमा तुषाराको शित बने ।

यस्तै रै छ जिन्दगानी घात माथि प्रतिघात ।

आँखा बाट अश्रु बहाई तिम्रा लागि जित बने ।।

अतितका पलहरु सम्हालेर के हून्छ खै ।

कल्पनामा रुमल्लिदै एउटा मिठो प्रित बने ।।

By Rn lamichhane